नेपालमा तीव्र गतिमा कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि आन्तरिक हवाई उडान अर्को आदेश नभएसम्मका लागि बन्द भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय उडानको सेड्यूल जेठ १७ सम्म लम्ब्याएको पत्र वायुसेवा कम्पनीलाई दिएको थियो ।
तर कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक र बाहृय उडान बन्द गर्ने निर्णय गरेको थियो ।
बाहृय उडानको मिति तोकेर प्रतिवन्ध लम्ब्याएको भए पनि आन्तरिक उडानको मिति तोकीएको छैन् ।