
सुर्खेतको अतिथि होटलका सञ्चालक गोविन्द पाण्डेको निधन भएको छ ।
पाण्डेको सोमबार काठमाडौँको ह्याम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पाण्डेलाई केहिदिन अघि कोरोना पोजेटिभ देखिए पछि उपचारको लागि ह्याम्स हस्पिटल लगिएको थियो । उनको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेरमा राखेर उपचार गरिएको थियो ।
पाण्डे सुर्खेतमा रहेको अतिथि होटलका सञ्चालक तथा सुर्खेत उद्योग वाणिज्य संघका सदस्यसमेत थिए।