
युवा पर्यटन व्यवसायी सन्तोष तमाङको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ ।
सोमबार काठमाडौँको नेपालटारमा बेलुका पौने ९ बजे भएको मोटरसाईकल दुर्घटनामा तमाङको निधन भएको हो ।
दुर्घटनामा परि घाइतेभएका उनलाई महाराजगञ्ज स्थित शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा गएराति १० बजे मृत्यु भएको प्रहरीेले जनाएको छ ।
रसुवा गत्लाङघर भएका ३० वर्षिय तमाङ Himalaya Chyangpa Treks and Expedition निर्देशक हुन ।