
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष नवराज दाहाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा जतिसुकै मिठो र लोकप्रिय कुरा आएपनि कार्यन्वयन हुनेमा शंका व्यक्त गरेका छन् ।
दाहालले सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०७८-७९ को बजेटमा प्राथमिकताको क्षेत्रलाई राम्ररी नसमेटेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै दाहालले बजेटले पर्यटन मजदुरको बारेमा केहि नबोलेको भनेका छन् ।