२०७८ जेष्ठ १६, आईतवार | २०८१ फाल्गुन ६ | [email protected]

बजेटमा पुनर्कर्जा, पहुँचवाला ले मात्र पाउँछन – सन्तोष उप्रेति

२०७८ जेष्ठ १६, आईतवार

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतिले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा साना तथा मझौला होटल व्यवसायीलाई केहि मात्रामा उत्साहित बनाएको बताएका छन् ।

अध्यक्ष उप्रेतिले सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा होटल तथा पर्यटन व्यवसायीहरुको प्राथमिकताको विषयलाई राम्ररी नसमेटेको र पुनर्कर्जा को निरन्तरता पुरानै भएको बताउदै पुनर्कर्जा पहुँचवाला का लागि मात्र हुने हाे कि भन्ने शंका व्यक्त गरेका छन् ।

बजेटमा जतिसुकै मिठो र लोकप्रिय कुरा आएपनि कार्यन्वयन हुनेमा शंका व्यक्त गदै उप्रेतिले कोभिडको कारण कोमामा पुगेको होटल तथा पर्यटन व्यवसायीलाई जोगाउनुपर्ने बताउनुभयाे ।

उप्रेतिले आन्तरिक पर्यटनको बिकास, प्रवर्धन र प्रोत्साहनको लागि कर्मचारीहरुलाई पारिश्रमिक सहित १० दिनको बिदा दिने कुरा राम्राे भएकाे बताउदै  कुन श्रेणीको कर्मचारीले कति रकम पाउने स्पष्ट नहुनुले उच्च तहका र पहुँचवाला कर्मचारीहरु ले यो सुबिधाको दुरूपयोग गर्ने सम्भावना रहेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित ख