२०७८ जेष्ठ १९, बुधबार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

भोलि देखि यी देशहरुमा हुदैछ नियमित उडान ?

२०७८ जेष्ठ १९, बुधबार

सरकारले पुन नियमित अन्तर्राष्ट्रिय उडान सुरुचारु गर्ने भएको छ । कोभिड १९ का कारण एक महिनादेखि बन्द भएको अन्तर्राष्ट्रिय उडान जेठ २० (बिहिबार) बाट नियमित उडान सुरुचारु हुने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स सहित चार वायुसेवा कम्पनीलाई नियमित अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गरे संगै अब भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान हुने छ ।

कुन कुन देशहरुमा हुदैछ नियमित उडान

नेपालमा नियमित उडानको अनुमति पाउनेमा नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डिया रहेका छन् ।

अनुमति पाएका मध्ये टर्किस एयरलाइन्सले सातामा एक उडान प्रत्येक बिहीबार इस्तानबुलमा मात्र उडान गर्न पाउने छ । उसले ३ जुनबाट उडानको अनुमति पाएको छ ।
यस्तै नेपाल एयरलाइन्सले हरेक सोमबार कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ । भने दुबै कम्पनीले ७ जुनबाट उडान थाल्नेछन् । नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली भने हरेक बुधबार उड्नेछ ।

भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख