महामारीको चपेटामा परेको पर्यटन उद्योगलाई ब्यूँताउन सरकारले खोप ट्राभल प्याकेज ल्याउने भएको छ ।
रुसको सरकारी समाचार संस्था तासका अनुसार स्थानीय बासिन्दाहरुलाई घरेलु स्तरमा निर्माण गरिएको कोभिड–१९ विरोधी खोप लगाउने काम धमाधम गरिरहेको उल्लेख गरेको छ ।
सरकारले पर्यटकहरूका लागि पनि कोभिड विरोधी खोप यात्रा प्याकेज शुरु गर्नेबारे विचार गरिरहेको छ । पर्यटन उद्योगको एक प्रमुखको भनाइ उद्धृत गर्दै खोप टूर तयार भएको बताएको छ ।
रुसी यात्रा उद्योगका संगठन (आरयूटीआई) का अध्यक्ष आन्देई इग्नात्येभले भने विदेशीहरुको लागि भिसा र प्रवेशसम्बन्धी प्रावधानका कारण प्याकेज लञ्च गर्न सकिएको छैन् । प्रडक्ट तयार भइसकेको भएपनि खोप लगाउनका लागि आउन चाहने विदेशीहरुका लागि भिसा जारीसम्बन्धी टेवा र कानूनी प्रवेशसम्बन्धी प्रावधान निरक्योल गर्न बाँकी रहेको बताए ।
विदेशीहरुका लागि तीन दिनको खोप टूरको शूल्क हवाई भाडाबाहेक १ हजार ५०० डलरदेखि २ हजार ५०० डलरबीच पर्ने उनले बताए । यो योजना महामारीको चपेटामा परेको घरेलु पर्यटन उद्योगलाई ब्यूताउन बरदान साबित हुने अपेक्षा गरिएको छ । एजेन्सी