
कोभिड १९ का कारण सरकारले अनिश्चितकालका लागि बन्द गरेको आन्तरिक हवाई उडान खोल्ने तयारी गरेको छ ।
पछिल्लो समय सरकारले काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाहरुमा आर्थिक गतिविधिहरु खुकुलो पारेर निषेधाज्ञा थप्ने तयारी गरे पनि हवाई उडान के गर्ने भन्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
सरकारले उडान सञ्चालनमा ल्याउने सम्बन्धमा छलफल नै नगरेका कारण आन्तरिक हवाई उडान कहिले खुल्छ भन्ने जनचासो बढ्दै गएछि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १५ गतेपछि आन्तरिक उडान खोल्ने प्रस्ताव अघि सारेको छ ।
मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र मा असार १६ गतेबाट केही समयका लागि २५ प्रतिशत मात्र उडान गर्ने गरी प्रस्ताव अघि सारेको छ ।
मन्त्रालयले अघि सारेको प्रस्ताव सीसीएमसी बाट पास भए आन्तरिक हवाई उडान असार १५ पछि खुल्ने छ ।