
अन्तर्राष्ट्रिय चार्टर उडानमा वायुसेवा कम्पनी र ट्राभल एजेन्टबाट यात्रु ठगिने क्रम नरोकिएपछि छानबिन समिति गठन गरिएको छ ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् ।
समितिमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्ण, मन्त्रालयका उपसचिव नरहरी घिमिरे, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र पर्यटन विभागबाट पर्यटक प्रहरी निरीक्षक सदस्य रहेका छन् ।
महानिर्देशक पोखरेलको समितिलाई चार्टर उडानको भाडामा विस्तृत छानबिन गर्न र आवश्यक कारबाहीका लागि प्रहरी लगायत सरकारी निकायमा कारबाहीका लागि सिफारिस पनि गर्न अधिकार दिएको छ ।
अनियमितता गर्ने वायुसेवा कम्पनी र टिकट बिक्री गर्ने ट्राभल एजेन्सी
सरकारले दोस्रो चरणको कोरोना संक्रमण रोकथाम गर्न लगाएको निषेधाज्ञापछि (वैशाख १९ यता) का अन्तर्राष्ट्रिय चार्टर उडान गर्दै आएका स्वदेशी तथा विदेशी वायुसेवा कम्पनी र तीनका लागि टिकट बिक्री गर्ने ट्राभल एजेन्सीमाथि समितिले छानबिन गर्नुपर्ने भनिएको छ ।
निषेधाज्ञापछि विदेशी वायुसेवा कम्पनी कतार एयर र टर्किस एयरलायन्स तथा नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्स ले चार्टर उडान गरेका थिए भने ति एयरलायन्सको टिकट बिक्री गर्ने ट्राभल एजेन्सी प्रेसिडेन्ट ट्राभल र मेगाबाइट ट्राभल एण्ड टुर रहेका छन् ।