
कोभिड १९ का कारण डेढ वर्षयता बाँकेका होटल व्यवसाय राम्रो संग सञ्चालनमा आउँन सकेका छैनन् ।
कोरोना महामारीको पहिलो लहरपछि तंग्रिने कोसिसमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसाय पुन प्रभावित भएका छन् । महामारीका कारण सबै भन्दा नराम्रोसंग प्रभावित क्षेत्र होटल तथा पर्यटन बन्न पुग्यो । जसका कारण यस क्षेत्रमा करोडौँ लगानी गरेका तथा भाडामा होटल व्यवसाय चलाएका व्यवसायीहरु यति बेला यस क्षेत्रको सम्भावना देख्न छाडेका होटल व्यवसायी संघ बाँकेका प्रवक्ता डिलाराम पौडेल बताउँछन् ।
पौडेलका अनुसार ठूलो लगानीमा सञ्चालन भएका होटलहरु तथा वैंङ्कबाट लोन लगेर सञ्चालन भएका होटलहरु आफ्नो व्यवसायलाई नै परिमार्जित गरि पर्ख र हेरको अवस्था रहेका बताउछन् । तर साना तथा मझौला लगानीका होटल व्यवसाय केहि सधैंका लागि बन्द भएका छन् भने केहि बन्द हुने अवस्थामा पुगेको बताए ।
उनले दोस्रो चरको लकडाउन केहि खुकुलो बनाए पनि त्यो होटल व्यवसायीका लागि व्यवसाय सञ्चालन गर्न प्राप्त नभएको बताए । प्रशासनले बिहान ७ बजे दखि ४ बजे सम्म खोल्न दिने भनेको छ, तर होटल व्यवसाय चल्ने भनेको साझको समय हो त्यसैले होटल व्यवसायलाई छुट्टै समय तोक्नुपर्ने पौडेल बताउँछन् ।
कोभिड– १९ का कारण प्रभावित बनेको होटल व्यवसायीलाई तिनै तहका सरकारले यस क्षेत्रको उत्थानको लागि विशेष कार्यक्रम ल्याउनु पर्ने पौडेको तर्क छ ।
गत वर्ष सरकारद्धारा घोषित राहतका कार्यक्रमहरु समयमा नै व्यवसायीले प्राप्त गर्न नसकेको जनाउँदै कोभिड संक्रमणको दोस्रो चरण सम्म आइपुग्दा पलाईन हुन लागेका व्यवसायीहरुलाई राहत तथा पुनःउत्थानका कार्यक्रमहरु मार्फत जोगाउनुपर्ने बताए ।
सरकारले तत्काल होटल व्यवसायीहरुले उठाउदै आएको माग होटल व्यवसायमा भएको लगानी र रोजगारी संरक्षण गर्न मूल्य अभिवृद्धि कर, आयकर, तथा अन्य करमा छुट तथा सहुलियतको व्यवस्था र जरिवाना तथा हर्जानाहरु पुर्णतः मिनाहा गर्नुपर्ने, दुई बर्ष सम्मका लागि डिमाण्ड शुल्क शतप्रतिशत छुट हुनुपर्ने भाडामा बसेका होटललाई अडिट रिपोर्टका आधारमा सहुलियत ऋण प्रदान गर्न र होटलहरुले चुक्ता गर्नुपर्ने साँवा र ब्याजका लागि बैंकहरुले बारम्बार ताकेता नगर्ने व्यवस्थाका मिलाउदै कोभिड विरुद्धको खोप सबै व्यवसायी तथा मजदुरहरुलाई लगाउनुपर्ने पाैडेलले बताए ।