| २०८२ जेष्ठ २९ | [email protected]

तीनै तहसंग समन्वय गरेर बजेट निर्माण गर्न पर्यटन बोर्डलाई विज्ञहरुको सुझाव

२०७८ असार १८, शुक्रबार

कोभिड–१९ बाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न तीनै तहका सरकारबीच समन्वय गरेर बजेट निर्माण तथा पर्यटन प्रवर्द्धन हुने खालका कार्यक्रम ल्याउन पर्यटन क्षेत्रका विज्ञहरूले पर्यटन बोर्डलाई सुझाव दिएका छन् ।

बिहिबार पर्यटन बोर्डले भर्चुअल माध्यमबाट आव २०७८/0७९ को बजेटका सन्दर्भमा गरेको अन्तक्रिया कार्यक्रममा धारणा राख्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन ।

उनीहरुले कोभिडका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा बोर्डको बजेटको आकार खुम्चिने भन्दै  बजेटबाट सीमित स्रोतको अधिकतम प्रयोग हुने गरी कार्यक्रम तर्जुमा गर्न सुझाव दिएका छन् ।

विज्ञहरूले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खोपको सुनिश्चितता गर्न र विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानुपर्नेमा जोड दिदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने खालको जनशक्ति विकास, पर्यटकीय प्रडक्टको विकास गर्दै डिजिटल मार्केटिङमा जोड दिनुपर्ने बताए ।

भर्चुअल कार्यक्रममा बिज्ञहरू पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकाल, डा.विष्णुप्रसाद गौतम, डा.प्रेम शर्मा, डा.आलोक प्रसाई, प्राध्यापक डा.सोमप्रसाद खतिवडा, रामचन्द्र सेढाइँ, चेतनाथ कँडेल, सूर्यकिरण श्रेष्ठ, रमेश उपाध्याय, पशुपति न्यौपाने र ज्ञानेन्द्ररत्न तुलाधरको सहभागिकता रहेको थियो ।

बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले कोभिडका कारण पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा बोर्ड बजेट निमार्णको चरणमा रहे पनि सीमित साधनबाट अधिकतम काम गर्ने गरी तयारी गरिरहेको बताए । बोर्डका सदस्य कृष्ण शाह र पम्फा पौडेल धमलाले बोर्डले स्रोत खुम्चिएको अवस्थामा सरकारसँग सहयोगको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख