२०७८ असार १८, शुक्रबार | २०८१ माघ ७ | [email protected]

खुल्यो ट्रेकिङ्ग गाइड तालिम

२०७८ असार १८, शुक्रबार

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले ट्रेकिङ्ग गाइड तालिमको लागि दरखस्त आव्हान गरेको छ ।

प्रतिष्ठानले  साउन दोस्रो हप्तादेखि बिहानी सत्रमा कक्षा सञ्चालन गर्ने गरी फाराम भर्ने अन्तिम मिति २०७८ साउन १ गते र अन्तर्वाताकाे मिति साउन १० गते तोकि तालिमको लागि दरखस्त आव्हान गरेको हो ।

कोभिडका कारण प्रतिष्ठनले यसपटक तालिमका लागि संख्या तोकेको छैन भने कक्षा सञ्चालन सौद्धान्तिक भर्चुअल माध्यमबाट र प्रयोगात्मक कक्षा उपयुक्त समयमा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिष्ठानले तालिम सैदान्तिक र प्रयोगात्मक गरी ५ हप्ताको हुने आवेदनमा खुलाएको छ।

तालिमका लागि १२ कक्षा उत्तिर्ण वा सो सरह साथै एसएलसी (एसइइ) उत्तिर्ण गरी कम्तिमा २ वर्ष ट्रेकिङ्ग कम्पनीमा काम गरेको अनुभव हुनु पर्नेछ।

तालिमका लागि दरखास्त फाराम संगै हाल सालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु बुझाउनुपर्ने प्रतीष्ठानले जनाएको छ ।

विस्तृत विवरणको लागि तलको सूचना हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित ख