
ज्योति विकास बैंकले रेष्टुरेण्ट तथा बार एशोसियसन नेपाल (रेबान) मा आबद्ध व्यवसायी र संस्थामा कार्यरत कर्मचारीहरुलाई बिना धितो ५ वर्षका लागि १५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ।
बैंक र रेबान बिच भएको सम्झौतामा रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा, SME कर्जा ,विशेष छुटमा प्रोफेसनल लोन, डिजिटल बैंकिंग सेवाहरु लगायत विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहकार्य भएको छ। यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वितिय साक्षरता,उद्यमशीलता विकासका निमित्त रेबान संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु पनि संचालनमा ल्याउने भएको छ।
कोभिडका कारण थला परेको रेष्टुरेण्ट व्यसायललाई बचाई राख्ने उदेश्यले बैंकले रेबानको सिफारिसमा बिनाधितो ऋण दिन लागिएको हाे । यो सेवा रेबानमा आबद्ध देशभरका रेष्टुरेण्टहरुले पाउँने छन् ।