
काठमाडौँबाट उडेका बुद्ध एयरका २ जहाजले गन्तव्यमा नपुग्दै त्रिभुवनैँ विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् ।
सोमबार साझ धनगढी र नेपालगञ्जका लागि उडेका बुद्ध एयरका दुई जहाजले त्रिभुवनैँ विमानस्थलमा आकस्मिक अवतरण गरेका विमानस्थलका प्रमुख प्रताव तिवारीले जानकारी दिए ।
विमानस्थलका अनुसार काठमाडौंबाट धनगढीका लागि ६९ जना यात्रु बोकेर उडेको जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो ।
यस्तै काठमाडौंबाट नेपालगञ्जका लागि उडेको अर्को एयरमा एक यात्रु बेहोस भएपछि पुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो ।