२०७८ श्रावण १६, शनिबार | २०८१ माघ ११ | [email protected]

प्रादेशिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश दुईको पर्यटन मन्त्रालयद्धारा होटल व्यवसायीहरुसंग अन्तर्क्रिया

२०७८ श्रावण १६, शनिबार

कोभिड–१९ बाट थला परेको प्रदेश दुईको पर्यटन व्यवसाय तथा पर्यटन क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउने उद्धेश्यले प्रदेश दुईको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होटल तथा पर्यटन व्यवसायीहरुसंग अन्तक्रिया कार्यक्रम गरेको छ ।

मन्त्रालयले शुक्रबार बर्दिबासमा गरेको अन्तक्रिया कार्यक्रममा प्रादेशिक पर्यटन प्रवर्द्धनका लागि नीति तथा कार्यक्रम र बजेटमा बिनियोजन भएका विषय बस्तुहरुमाथि होटल तथा पर्यटन व्यवसायीहरुसंग अन्तक्रिया कार्यक्रम गरेको हाे ।

मन्त्रालयका सचिव डा. रामचन्द्र कडेंलको अध्यक्षता भएको कार्यक्रममा मन्त्रालयका अधिकृत बेचन महत्तोले प्रदेशको पर्यटन प्रवर्द्धनका लागि मन्त्रालयले बिनियोेजन गरेको बजेट र भावि योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै कार्यक्रममा प्रदेशको पर्यटन प्रवर्द्धनका लागि एनालग इन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत आशुतोष अग्रवालले प्रदेश दुईमा रहेका पर्यटकीय गन्तब्यहरुको डिजिटल मार्केटिङ, ब्राण्डिङ, सोसल मिडिया र सूचना प्रविधिसँग सम्बन्धित सेवाहरु मार्फत गरिने प्रवर्द्धनका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईका अध्यक्ष हिरा गौतम, चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन नेपालका अध्यक्ष युवराज लामा, होटल एसोसिएसन नेपाल (हान) प्रदेश २ का अध्यक्ष विजय झुनझुनवाला, नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश २ का अध्यक्ष मोहन शर्मा लामिछाने, र होटल महासंघ प्रदेश २ का उपाध्यक्ष बिश्णु साहले मन्त्रालयले प्रदेशको पर्यटन प्रवर्द्धनका लागि गर्ने कार्यका बारेमा मन्तव्य राख्नु भएको थियो।

साथै होटल तथा पर्यटन महासंघलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुचिकृत गरी पर्यटन सम्वन्धी विभिन्न कार्यक्रमका लागि MOU मार्फत अगाडि बढ्न अध्यक्ष गौतमले सचिव कडेंललाई संस्थाको विधान, बैठक पुस्तिकाको निर्णय र निवेदन हस्तान्तरण गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रदेश २ मा रहेका पर्यटन सम्वद्ध संघ संस्था तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख