
नागरिक उडड्यन प्राधिकरण टुक्रिने भएको छ । राष्ट्रिय सभामा पुगेको हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन विधेयक सर्वसम्मतिले पारित भएसँगै प्राधिकरण टुक्रिन प्रक्रिया अगाडि बढेको छ।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ पारित गरेको हो । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभामा नेपाली हवाई सेवालाई ईयूको कालोसूचीबाट हटाउनुपर्ने सर्तअनुसार दुइटा विधेयक सदनमा पेस गरिएको बताए ।