
कोभिडका कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएकाहरुले दैनिक एक हजारका दरले ४० दिनको काम पाउने भएका छन् ।
नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुन उत्थान गर्ने गरी सम्झौता भएको छ ।
बोर्ड र टान बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनउत्थान गर्ने गरी दैनिक १ हजारका दरले ४० दिनको रोजगारी दिने सम्झौता भएको हो ।
कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.भनञ्जय रेग्मीले नेपालको पर्यटन बोर्ड र सुंक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) को सहयोगमा बोर्ड र टान बीचको सहकार्यमा जिविकोपार्जन कार्यक्रम चलाउन लागिएको बताए ।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले ४० दिनको रोजगारीको लागि टानमा परेको ३ हजार निवेदनलाई सम्बोधन गर्ने गरी बोर्डसंग सहकार्य गरीएको र अबका दिनमा बोर्डसंग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताए ।
बोर्डले पर्यटन क्षेत्रमा रोजगारी गुमाएकाहरुका लागि यूएनडिपीसंगको सहयोगमा करिब १ लाख व्यक्तिलाई रोजगारी प्रदान गर्ने लक्ष्य राखेको छ ।