पूर्व अर्थात प्रदेश नम्बर एकको धनकुटा जिल्लामा अवस्थित छ नमस्ते झरना ।
धनकुटाको साँगुरीगणी गाउँपालिकाको सिम्सुवा खोलामा रहको यस झरना पर्यटकका घुम्नै पर्ने एक गन्तव्य हो ।
करिब ८० मिटर माथिबाट झरेको पानीको फोहराले यस ठाउँमा पुग्ने जो कोहिको मनै लोभ्याउने गर्दछ । यो ठाउँ भेडेटार देखि नजिकैको दुरीमा रहेको छ ।
यस ठाउँको विशेषता भनेकै झरनाको पानिमा भिज्न तथा प्रेम मिलनको लागि उपयुक्त रहेको छ । यस ठाउँमा पुग्न सहजै गाडि पाईन्छ ।