
कोरोनाका कारण बन्द रहेका क्यासिनो सञ्चालन हुनेभएका छन् । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १७ देखि निषेधाज्ञा हटाएसँगै बन्द रहेका क्यासिनो सञ्चालनका लागि तयारी थालिएको क्यासिनो सञ्चालक संघले जनाएको छ ।
व्यवसायीहरुले क्यासिनो सञ्चालनका लागि एक दुई दिन लाग्ने जनाएका छन् ।
नेपालमा हाल १५ भन्दा बढी क्यासिनो सञ्चालनमा छन् । काठमाडौंका अधिकांश पाँचतारे होटलमा क्यासिनो रहेको छ । पछिल्लो समय काठमाडौँ बाहिर सुविधासम्पन्न तारे होटलहरूमा पनि क्यासिनो तथा मिनी क्यासिनो सञ्चालनमा छन् । नेपालमा १० वटा छन् भने केही प्रक्रियागत ढङ्गले चलेका छन् ।