
कोरोना बढेसंगै बन्द भएको दोलखाको भिमेश्वर मन्दिर आजबाट दर्शनार्थीहरूका लागि खुल्ला गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख ११ गतेदेखि मन्दिरको नित्य, नैमित्य पूजा बाहेक सम्पूर्ण भक्तजनहरूका लागि दर्शन तथा पूजा गर्न रोक लगाइएको थियो ।
कोभिड १९ व्यवस्थापन केन्द्र दोलखाको निर्देशन अनुसार भदै २८ गते बिहान देखि भिमेश्वरका सम्पूर्ण भक्तजनहरूका लागि भगवानको दर्शन तथा बली पूजा, कोरा पूजा, रूद्री पूजा, हवन यज्ञ पूजा, विशेष सन्ध्या आरती पूजा, अन्य धार्मिक कार्यक्रम र विहे व्रतवन्धका कार्यक्रमहरू खुल्ला गरिएको मन्दिर पूजा व्यवस्थापन समितिले जनाएको छ ।