
विभिन्न उदेश्यले नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या घटेको पाईएको छ ।
कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेपनि उनीहरुको औसत बसाई भने बढेको पाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२०’ अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या घटेको देखिएको छ ।
कोभिड महामारीका कारण सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र रहेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले कमी हो ।
अघिल्लो वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बसाईं बढ्यो
नेपाल पर्यटन तथ्याङ्क २०२० अनुसार नेपाल आउने विदेशी पर्यटकको बसाई बढेको छ । पर्यटकको औसत बसाई १५ दिन पुगेको छ
। अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाई सरदर १२ दिन थियो । सन् २०१९ मा १२ दशमलव ७, सन् २०१८ मा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो ।
त्यसअघि सन् २०११ र सन् २०१६ मा क्रमशः १३ दशमलव १२ र १३ दशमलव १६ दिन पर्यटकको औसत बसाई थियो ।