२०७८ भाद्र ३०, बुधबार | २०८१ माघ ४ | [email protected]

८ वर्षपछि पुरानै ब्राण्डमा गुण एयरलाइन्स, पहिलो उडान भरतपुर र पोखरा

२०७८ भाद्र ३०, बुधबार

निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयरलाइन्सले ८ वर्षपछि पुरानै ब्राण्डमा असोज १ गतेबाट पहिलो व्यावसायिक उडान सुरु गर्ने भएको छ ।

सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएको गुण एयरलाइन्सले नाम परिवर्तन पछि उडान सुचारु गर्न लागेको हो ।

५ वटा जेट स्ट्रिम जहाजसहित दुईवटा बिचक्राफ्ट रहेको गुणले व्यावसायिक उडानका लागि सबै प्रक्रिया पूरा गरेको जनाएको छ । एयरलाइन्सले पहिलो चरणमा भरतपुर र पोखरामा उडान सञ्चालनको तयारी गरेको छ ।

एयरलाइन्सले काठमाडौंबाट तुम्लिङटार, सिमरा, भैरहवा, जनकपुर, नेपालगञ्ज र विराटनगरका लागि उडान गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख