२०७८ आश्विन २, शनिबार | २०८१ माघ २९ | [email protected]

पत्रकार दिपक जैसीको दुवै मृगौला फेल, सहयोगको अपिल

२०७८ आश्विन २, शनिबार

पर्यटन पत्रकार दिपक जैसीको दुवै मृगौला फेल भएको छ । विशुद्ध पर्यटन सम्वन्धी अनलाइन तथा पत्रिका आओर टुरिजम न्यूज कर्णाली प्रदेशका सह सम्पादक दिपक जैसीको मृगौला काम नलाग्ने भएपछि उनलाई बचाउन परिवारले सहयोगको अपिल गरेका छन् ।

सुर्खेत ११ पञ्चपुरी घर भएका जैसीको दुबै मृगौला फेल भए पछि ललितपुरको सुमेरु हस्पिटलमा डायलासिस गराई रहनुभएको थियो । आर्थिक अभावका कारण जैसीको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न समस्या देखिए पछि सबै समक्ष परिवारले सहयोग गर्न अपिल गरेको हो ।

एक दश देखि पत्रकारितामा आवद्ध जैसी नाट्रा कर्णाली प्रदेका सदस्य तथा हस्पिटालिटि क्षेत्रमा आवद्ध हुनुहुन्छ । उहाँका पत्नी, दुइ छोरी र एक छोरा छन् । यो कठिन परिस्थितिमा पत्रकार जैसीलाई सहयोग गर्न आओर टुरिजम न्यूज सम्पूर्ण महानुभावहरुलाई अनुरोध गर्दछ ।

सहयोगका लागि दिपकराज जैसी को नाममा लक्ष्मी बैंक सुर्खेत शाखामा खोलिएको खाता नम्बर ०५२४०००३३१२ तथा इ सेवा आइडि ९८४८४४११५८ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख