२०७८ आश्विन ३, आईतवार | २०८१ माघ ४ | [email protected]

ट्रेकिङ गाइडका लागि सहुलियतपूर्ण ऋण लिन आवेदन खुल्यो (यसरी भर्नुहोस् आवेदन)

२०७८ आश्विन ३, आईतवार

कोभिडका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण लिन ७ दिनकाे समय ताेकी आवेदन खुल्ला गरीको छ ।

नेपाल पर्यटन बोर्डले टिम्स कार्ड खरिद तथा विक्री गर्ने ट्रेकिङ कम्पनीमा कार्यरत रहेकै बखत कोभिड १९ महामारीको कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरूलाई व्यवसाय संचालन गरी आत्मनिर्भर बन्न सहुलियत दरमा ऋण प्रदान गर्न लागेको हो ।

पत्रयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालय नेपाल पर्यटन बोर्डले गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु तोकेको छ । जस अनुसार ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने, कोभिड १९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने, गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने छ ।

आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् ।

ट्रेकिङ गाइडले भर्नुपर्ने विवरणहरू :
१. गाइडको नाम :…………………………….
२. ट्रेकिङ गाइड लाइसेन्स नम्बर : …..
३. ट्रेकिङ गाइड लाइसेन्स लिएको मिति : ………………….(प्रतिलिपि संलग्न गर्नुपर्ने)
४. ट्रेकिङ गाइड कार्य शुरु गरेको मिति (वर्ष र महिना) : ………………….(
५. ट्रेकिङ गाइड कार्यमा संलग्न रहेको अन्तिम मिति (वर्ष र महिना) : ………………….(
६. कोभिड-१९ महामारीपूर्व कम्तीमा ३ वर्ष कायर्रत रहेको ट्रेकिङ कम्पनीको नाम :……………………….
७. गाइडले नागरिकता लिएको जिल्ला : …………………
८. गाइडले संचालन गर्न चाहेको व्यवसायको किसिम :
क) होमस्टे, ख) रेष्टुरेन्ट, ग) कृषि तथा पशुपालन, घ)) अन्य ………….
९.व्यवसाय संचालनको लागि लिन चाहेको अनुमानित ऋण रकम, रु
१ लाखसम्म
२ लाखसम्म
३ लाखसम्म
४ लाखसम्म
५ लाखसम्म
गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु निम्नानुसार हुनेछन् :
(१) ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने
(२) कोभिड-१९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने।
(३) गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने ।

प्रतिक्रिया

सम्बन्धित ख