राजेन्द्र धामी
कोभिड १९ का कारण रोजगारी विहिन भएका नेचर गाईडका रुपमा काम गर्ने पर्यटन श्रमिकहरूलाई सरकारले कुनै पनि सहुलियत तथा राहत प्याकेजका कार्यक्रमहरु दिन सकेको छैनन् । पछिल्लो समय अन्य पर्यटन श्रमिकहरूलाई सरकारले राहातका कार्यक्रम ल्याएको भए पनि नेचर गाईडलाई भने विभेद गरेको छ । नेचर गाईडहरुले सरकारलाइ प्रश्न गर्दै सामाजिक सञ्जालमै लेख्न थालेका छन नेचर गाईडलाई अन्य गाईड सरह सुबिधा खै ?
यस्ताे छ नेचर गाईडहरुले सामाजिक सञ्जालमा लेखेकाे बिचार
सन्दर्भ कोभिड-१९, कोरोना भाइरसको पर्यटनमा प्रभाव अनि राज्यको राहात त्यहि पनि बिभेद।
हे ! बहिरो सरकार,आन्धो सरकार, अनि हराएको सरकार। नेपालमा हिमाली पर्यटनमात्र छैन। यहाँ जंगल सफारी पर्यटन पनि छ। देश भरि पर्यटन बिस्तारको निति लिदै गर्दा सायद सफारी पर्यटनले पनि नेपालको ४० प्रतिशत सफारी पर्यटनले ओगट्न सक्छ। जति लगानि कर्ताको महत्व छ, त्यतिनै आफ्नो समय दिएर श्रम गर्नेको पनि महत्व हुने गर्दछ।
नेचर गाइड पनि पर्यटनको महत्वपुर्ण जनशक्ति हो। यो जन शक्ति के ट्रेकिंग गाईड जति महत्वपुर्न छैनरु के हामी नेपाल भन्दा बाहिरका जनशक्ति हौरु के हाम्रो पर्यटन र संरक्षणमा कुनै महत्वपुर्ण भुमिका छैनरु अनि किन राज्यले पर्यटन कर्मिलाई राहत तथा केहि सुबिधा उपलब्ध गराउदै गर्दा हामीलाई खोइ ?
हामीलाइ सहुलियत ऋणको ब्याबस्था खोइर ?
अन्य गाईड सरहको सुबिधा खोइ ?