२०७८ आश्विन ६, बुधबार | २०८१ माघ २९ | [email protected]

विदेशीहरुले पर्यटक भिसामा नेपालमा बस्न पाउने अवधि थपियो

२०७८ आश्विन ६, बुधबार

विदेशीहरुले पर्यटक भिसामा नेपालमा बस्न पाउने अवधि थप गरिएको छ ।

कोरोना महामारीका कारण स्वदेश फर्किन नपाएका विदेशी नागरिकहरुको नेपालमा बस्न पाउने अवधि असोज १४(सेप्टेम्बर ३०) सम्म थपिएको छ ।

अध्यागमन विभागले कोभिड १९ को असरबाट अन्तर्राष्ट्रिय उडानहरु पूर्ण रुपमा सञ्चालनमा आइनसकेको कारण हवाई टिकट उपलब्ध नभएर आफ्नो देश र्फकन नसकेका र यस भिसा वर्षको प्रारम्भमा नेपालको बैध भिसा भएका विदेशी पर्यटकहरुका लागि नियमअनुसारको शुल्क तिरी भिसा नबिकरण गरी नेपालमा बस्न पाउने अवधि असोज १४(सेप्टेम्बर ३०) सम्म कायम गरिएको जनाएको छ ।

विभागले एक वर्षमा विदेशी पर्यटकका लागि १ सय ५० दिनसम्मको भिसा जारी गर्न पाउने भए पनि कोरोना महामारीका कारण स्वदेश फर्किन नपाएका विदेशी नागरिकहरुले नेपालमा बस्न पाउने अवधि बढाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख