
आज ४२ औं विश्व पर्यटन दिवस, ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ मनाईँदैछ। नेपालमा पनि विभिन्न विभिन्न कार्यक्रम गरि मनाईँदैछ।
हरेक वर्ष २७ सेप्टेम्बरका दिन मनाइने यो दिवस नेपालमा ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित विश्व पर्यटन दिवस मनाईँदैछ।
यस वर्षको पर्यटन दिवस विशेष कार्यक्रम गरी पोखरामा मनाइँदै छ । पर्यटन दिवसको पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा १० देशका राजदूतहरु आएका छन् ।
यस्तो छ नेपालमा पर्यटकको आगमन
नेपालको पर्यटन उद्योग सन् १९६० को दशकबाट शुरु भएको पाइन्छ । पर्यटन मन्त्रालयका अनुसार सन् १९६४ मा नेपालमा ९ हजार ५ सय २६ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि नेपाल आउने पर्यटकको संख्या बढ्दै गयो । सन् १९९८ मा यो संख्या ४ लाख ६३ हजार ६ सय २४ पुग्यो । पर्यटक बढेसंगै सन् १९९८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाइयो । त्यस पछि नेपलमा पर्यटकको संख्यामा केहि वृद्दि हुदै गएको पाइन्छ । नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१८ र २०१९ मा भित्रिएको तथ्याङक छ । कोभिड सुरु हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय १ जना पर्यटकले नेपाल भ्रमण गरे भने सन् २०२० मा यो संख्या घटेर २ लाख ३० हजार ८५ मा पुग्योको थियो ।