आन्तरिक तथा बाह्य पर्यटकका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुला गरिएको छ ।
निकुञ्जले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी असोज १३ गते देखि जंगल सफारी, जंगल वाक, र्याफटिङ्ग, क्याम्पिङ्ग। फिसिङ्ग खुल्ला गरेको जनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकहरू बाह्रसिङ्गेको बथान, हात्ती गैँडा र ३६ प्रकारका स्तनधारी, १२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा ३५ प्रजातिका पुतली र ४५० प्रजातिका चराहरू हेर्न जाने गर्दछन् ।