२०७८ आश्विन १९, मंगलवार | २०८१ फाल्गुन ७ | [email protected]

नेपालमा भित्रिन थाले विदेशी पर्यटक, एक महिनामै भित्रिए १० हजार

२०७८ आश्विन १९, मंगलवार

नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना माहामारी पछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार एक महिनामै १० हजार विदेशी पर्यटक भित्रिएका छन् । अगस्ट महिनामा ५ हजार ९ सय १७ जना पर्यटक नेपाल घुम्न आएकोमा यो संख्या बढेर सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

सेप्टेम्बरमा नेपाल भित्रने विदेशीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन् । तथ्यांक अनुसार भारतबाट ३ हजार ५ सय २३ जना, अमेरिकाबाट १ हजार ८ सय ६४, बेलायतबाट ४ सय ३८ र चीनबाट २ सय ३३ जना नेपाल आएका छन् ।

यस्तै सार्क मुलुकबाट ३ हजार ७ सय ३४, सार्कबाहेक एसियाली मुलुकबाट ५ सय ८५, यूरोपबाट १ हजार ७ सय ३३, अष्ट्रेलिया तथा न्यूजिल्याण्डबाट ८१, अमेरिकी महादेशबाट २ हजार १ सय २५ र अन्य क्षेत्रबाट १ हजार ६४० जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख