हिमालको आधार शिविर हो धादिङको सुन्दर पर्यटकीय गन्तव्य रुवी भ्याली । जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली त्रिशूलीबाट रसुवाको स्याफ्रुबेंसी हुदैं पुग्न सकिन्छ ।
रेडपाण्डासहित लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल, मनोरम बस्ती, नदी, सबैभन्दा सानो गुराँत सुनपातेसहित १४ थरिका लालीगुराँसका फूलका मनमोहन दृश्य यस ठाउँको विशेषता हुन् ।