२०७८ कार्तिक ४, बिहीबार | २०८१ फाल्गुन ७ | [email protected]

सिद्धार्थ बिजनेश ग्रुपको सेवा विस्तार, कपिलवस्तुको चन्द्रौटा बजारमा नयाँ रिसोर्ट

२०७८ कार्तिक ४, बिहीबार

देशैभर २४ शाखा बाट गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले कपिलवस्तुको चन्द्रौटामा लुम्बिनी ग्रीन रिसोर्टसंग व्यावसायीक साझेदारी गरी आफ्नो सेवा विस्तार गरेको छ ।

हस्पिटालिटीले शुक्रबार पत्रकार सम्मेलन गरी कपिलवस्तुको चन्द्रौटा बजार क्षेत्रमा खोलिएको उक्त रिसोर्ट तीन बिगाहा क्षेत्रफलमा ५० करोड लगानीमा निर्माण गरिएको जनाएको छ ।

उत्त रिसोर्टमा ३६ वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, सोैना, प्राइभेट डाइनिङ हल, वाटर पार्क, बाल उद्यान, स्विमिङ पुल पर्याप्त पार्किङको सुविधा रहेको जनाएको छ ।

देशैभर होटल, रिसोर्ट, रेष्टुरेण्ट र क्याफेहरु सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले कपिलवस्तुको चन्द्रौटामा खोलिएको रिसोर्टले पश्चिम नेपालका प्रमुख पर्यटकीय क्षेत्र र लुम्बिनी देखि भारतको गोरखपुरका भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि उल्लेख्य भूमिका खेल्ने होटलका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।

रिसोर्टमा लाईभ फिसिङ ,मोटर बोटिङ, वाटर डान्सिङ फिस साथै आफ्नै अर्गानिक फार्ममा उत्पादन गरिएका बिभिन्न उत्पादन जस्तैः बिभिन्न प्रकारका माछाका परिकार, लोकल कुखुराका परिकार, खसी बोकाका परिकार, हासका परिकार उपलब्ध हुनुका साथै आँफैले उत्पादन गरेको साग सब्जी र खध्यान्नका परिकारहरु उपलब्ध गराइने छ ।

नेपालको विभिन्न ठाउँमा आफ्नो सेवा विस्तार गरेको हस्पिटालिटीले कैलालीको टिकापुर, कर्णाली चिसापानी, महेन्द«नगर, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बोैद्घ, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, झापाको विर्तामोड, लगायतका स्थानहरुमा २४ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख