२०७८ कार्तिक ४, बिहीबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

अद्‌भूत लोमान्थाङ १० फोटोमा हेर्नुहोस्

२०७८ कार्तिक ४, बिहीबार

गणडकी प्रदेशको मुस्ताङ जिल्लामा अवस्थित लोमान्थाङ एक विशेष संरक्षण क्षेत्र हो। लोमान्थाङ क्षेत्रलाइ विश्वभर लिटिल टिब्बत भनेर चिनाउने गरिन्छ ।

यस क्षेत्रलाइ नेपाल सरकारले सन् १९९२ देखि विदेशिहरुलाई भ्रमणको लागी खुल्ला गरेको हो । लोमान्थाङमा परमपरागत एकैठाउमा मिलेर बसेको बस्ती र त्यहाँ पाइने आतिथ्य सत्कारले त्यहाँ पुग्ने पर्यटकको मन लोभिने गर्दछ ।

लोमान्थाङमा ऐतिहासिक मुस्ताङ राजाको दरवार छ । राजा आमेपालले निर्माण गरेको लोमान्थाङ दरवार ५ तलाको छ । लोमान्थाङको दरवार, गुम्वा, किल्ला र मानबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालको सास्ंकृतिक सम्पदा हुन । उपल्लो मुस्ताङमा लोमान्थाङ दरवार, चराङ दरवार र घमी दरवारनै पर्यटकका लागी आकर्षणका सम्पदा हुन ।

विशेष गरि लोमान्थाङमा दसैं र तिहारको बिदा मनाउन आन्तरिक पर्यटकको भिड लाग्ने गर्दछ । यस ठाउँमा पोखराबाट दुई दिनको सडक यात्राबाट पुग्न सकिन्छ । पहिलो दिन मुस्ताङको जोमसोममा बास बसेपछि दोस्रो दिन लोमान्थाङ पुग्न सकिन्छ ।

तस्विर : विजय के.सी /Mardi Himal Treks & Expedition Pvt.Ltd, Pokhara

प्रतिक्रिया

सम्बन्धित ख