२०७८ कार्तिक ८, सोमबार | २०८१ माघ २९ | [email protected]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान अनिश्चित, लुम्बिनी नजिकै भारतले बनायो विमानस्थल

२०७८ कार्तिक ८, सोमबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान अनिश्चित, भारतले बनायो लुम्बिनी नजिकै कुशीनगरमा विमानस्थल

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो ।

लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन् । भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरू सीधै लुम्बिनी आउँथे ।

पर्यटकको सीधा आगमन नेपालमा रोक्न भारतले लुम्बिनीदेखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न खोजेको पर्यटन व्यवसायी सञ्जय बजिमय बताउनुहुन्छ ।

भैरहवा विमानस्थल समयमै बनेको भए बुद्ध सर्किट घुम्न आउने पर्यटक पहिला लुम्बिनी आएर कुशीनगर जान सक्थे । यसले नेपाली टुर अपरेटर, होटलहरूले प्रत्यक्ष रूपमा बढी फाइदा लिन सक्थे ।

चार वर्षअघि नै सम्पन्न गरिसक्नुपर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुङ्गो छैन । सरकारी अधिकारीले काम ढिला हुनुमा कोभिडलाई कारण देखाएका छन् । लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइएको हो ।
आर्थिक वर्ष २०७२/७३ मा सुरु गर्दा तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो । त्यो समय गुज्रिएर चार वर्ष बितिसकेको छ तर काम अझै सकिएको छैन । बजेटका कारण काम सुस्त भएको भने होइन । करिब ३१ अर्ब लागेको यो आयोजना ढिलाइ हुनुमा कोभिड नै मुख्य कारण रहेको विमानस्थलका अधिकारीहरू   बताउँछन् ।

विमानस्थल आयोजनाले करिब ९८ प्रतिशत भौतिक प्रगति भएको भनेको छ । आयोजनाका प्रमुख प्रवेश अधिकारीले सम्झौताअनुसार विदेशबाट आउनुपर्ने निर्माण व्यवसायीहरू नआउँदा समय लागेको बताउनुभयो ।

सञ्चालनअघि गरिने परीक्षण उडानको पनि टुङ्गो लागेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटका लागि भारतलाई औपचारिक आग्रह गरेको छ । भैरहवामा एयर थाईले क्यालिब्रेसन फ्लाइट गर्ने भनिए पनि भारतले सहमति नदिँदा परीक्षण उडान हुन सकेको छैन ।

नेपालमा विमानस्थल निर्माणमा ढिलाइ हुनु र सीमा नजिकै ठूला विमानस्थल निर्माण हुनुले लुम्बिनीलाई असर गर्न सक्ने नेपाल टुर्स एन्ड ट्राभल एजेन्टका प्रबन्ध निर्देशकसमेत रहनुभएका बजिमयको तर्क छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित ख