मेरापिकमा बेपत्ता आरोही खोजीमा संलग्न मन्दिप गुरुङलाई उद्धार गरिएको छ । सोलुखुम्बुको मेरापिक क्षेत्रमा कात्तिक ४ गते मेरा पिक आरोहण गरी र्फकने क्रममा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका गाइड मन्दिप गुरुङलाई शनिबार मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याईएको छ ।
गुरुङलाई शुक्रबार लेक लागेर बिरामी भएपछि मेरापिकको खारेमा आराम गराईएको थियो तर उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिबार बिहान कैलाश एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई लुक्ला ल्याएर निकोलनिकी अस्पतालमा उपचार गरिएको थियो ।
अस्पतालमा स्वास्थ्य अवस्था सामान्य नबनेपछि उनलाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँको लगिएको र उनको ह्याम्स अस्पतालमा उपचार भईरहेको छ ।
छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक मेसिनसहित अन्तर्राष्ट्रिय टोली कात्तिक ९ गते मेरापिक क्षेत्रमा पुगेको थियो ।