सहुलियतपूर्ण ऋण लिन धेरै जसाे ट्रेकिङ गाइडहरुले आवेदन भरेका छन् ।
नेपाल पर्यटन बोर्डले कोभिड १९ महामारीको कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरूलाई व्यवसाय संचालन गरी आत्मनिर्भर बन्न सहुलियत दरमा ऋण प्रदान गर्न असोज १ गते ७ दिनको मिति तोकि आवेदन माग गरेको थियो ।
उक्त आवेदन १७ सय ३९ जना ट्रेकिङ गाइडहरुले भरेको स्रोतले बताएको छ । स्रोतका अनुसार छनोटमा परेका गाइडलाई सहुलियतपूर्ण ऋण लिन केहि समय कुर्नु पर्ने छ ।