२०७८ कार्तिक १६, मंगलवार | २०८१ माघ ७ | [email protected]

नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ्दो, १० महिनामा भित्रिए यति धेरै पर्यटक

२०७८ कार्तिक १६, मंगलवार

कोभिड १९ महामारी बिस्तारै कम हुँदै जाँदा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२१ को १० महीनामा ८४ हजार ३ सय ३२ विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

नेपाल आउने विदेशी पर्यटकमा सबैभन्दा बढी हवाई मार्ग भएर विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा अक्टोबर महीनामा मात्रै २३ हजार २ सय ८४ विदेशी पर्यटक हवाई मार्ग भएर भित्रिएका छन् ।

नेपालमा अधिकाशं विदेशी पर्यटक विदा मनाउन गाउने गर्दछन् । त्युसमा उनिहको रोजाई पदयात्रा तथा पर्वतीय पर्यटन पर्ने गरेको छ ।

कुन महिना कति पर्यटक ?

नेपाल भित्रिने विदेशी पर्यटक हवाई र स्थल मार्गबाट आउने गरेको छन्। नेपालमा सन् २०२१ को जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मेमा एक हजार ४ सय ६८, जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९ सय ९१ र अगस्टमा ५ हजार ९ सय १७ विदेशी पर्यटक भित्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख