२०७८ कार्तिक १८, बिहीबार | २०८२ बैशाख १० | [email protected]

तिहारमै बढ्यो हवाई भाडा, कुन ठाउँ जान कति ?

२०७८ कार्तिक १८, बिहीबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसंगै वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएका छन् ।

आयाल निगमले तिहारमै प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनको  मूल्य बढाएको भन्दै वायुसेवा सञ्चालक संघले पनि ४४० रुपैयाँसम्म भाडा बढाएका हुन । बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको   छ ।

कुन ठाउँ जान कति ?

बढेको भाडा अनुसार काठमाडौं–धनगढी रुटमा सवैभन्दा बढी ४४० रुपैयाँ भाडा बढेको छ भने सवैभन्दा कम काठमाडौं–सिमारा रुटमा ९५ रुपैयाँले भाडा बढेको छ ।

यस्तै काठमाडौँ देखि भद्रपुर ३ सय , विराटनगर २४०, जनकपुर १३०, भरतपुर १०५, पोखरा १५५, भैरहवा, नेपालगञ्ज ३३०, तुम्लिङटार १८५, सुर्खेत ३४५ , र राजविराजमा २०५ रुपैयाँ भाडा वृद्धि भएको छ ।

यस्तै पोखरा देखि भरतपुर ११०, भैरहवा १३०, सिमरा २२०, नेपालगञ्ज २३५, विराटनगर ३५५ रुपैयाँ भाडा वृद्धि भएको छ ।

पोखराबाट पर्वतीय उडानमा ३१५ र विराटनगरबाट पर्वतीय उडानमा ३२० रुपैयाँ भाडा वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख