
बेलायतमा नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड पाएको छ ।
मंगलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डेनमा विश्व चर्चित वन्डरलस्ट म्यागेजिनले आयोजना गरेको कार्यक्रममा नेपाललाई ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड दिईएको हो ।
नेपालले कोभिड–१९ संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरेको थियो ।
नेपालले अवार्डका लागि ९ देशलाई उछिन्दै यो अवार्ड पाएको हो ।
लण्डनमा आयोजित वर्ल्ड ट्राभल मार्ट (डब्लूटिएम) मा सहभागी हुन पर्यटनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा।धनञ्जय रेग्मी सहित ६ वटा संस्थाका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।