| २०८२ असार ८ | [email protected]

नेपाली उपभोक्ता संरक्षण महासंघ बागमती प्रदेशको महासचिवमा कृष्ण कुमार श्रेष्ठ

२०७८ कार्तिक १८, बिहीबार

आओर टुरिजम न्यूजका प्रबन्ध निर्देशक कृष्ण कुमार श्रेष्ठ नेपाली उपभोक्ता संरक्षण महासंघ बागमती प्रदेशको महासचिवमा चयन हुनुभएको छ ।

श्रेष्ठ होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्य, होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशको सदस्य तथा काभ्रे होटल व्यवसायी संघको महासचिव पदमा आवद्ध हुनुहुन्छ ।

मंगलबार काठमाडौँमा भएको कार्यक्रममा सुमन भुजेलको अध्यक्षयतामा ११ सदस्यीय तदर्थ प्रदेश समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रोसन चौलागाईं, महासचिवमा कृष्ण कुमार श्रेष्ठ, सचिवमा हरि शरण बाटा, कोषाध्यक्षमा प्रेम कुमारी कार्की चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा शिव श्रेष्ठ, अष्टबहादुर श्रेष्ठ, नविन भण्डारी, सरोज खोटेजा, सुजना खत्री र सपना पौडेल खत्री चयन हुनुभएको छ । समितिको सल्लाहाकारमा पुर्ब डिआईजि कमल घर्तिलाई चयन चयन हुनुभएको छ ।

श्रेष्ठले आफ्नो कार्यकालमा कालोबजारी, मिसावट, गुणस्रतहिन बस्तु र भ्रष्टचार बिरुद्धको महाअभियानमा लाग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख