
खुम्बुमा बढ्यो चिसो, फर्किन थाले पर्यटक
सोलुखुम्बुको खुम्बु क्षेत्रमा घुम्न आएका पर्यटकहरु चिसो बढेसंगै फर्किन थालेका छन् ।
सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको खुम्बु क्षेत्रमा तापक्रम निरन्तर घटेसँगै भ्रमणका लागि आएका पर्यटकहरु फर्किने क्रम बाक्लिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
प्राधिकरणले शुक्रबार र शनिबार २४ हवाई उडान मार्फत ४ सय जना पर्यटकले खुम्बु छाडेको र काठमाण्डौबाट खुम्बु क्षेत्रमा भ्रमणका लागि आउनेहरु न्यून रहेको जनाएको छ ।
खुम्बु क्षेत्रमा भ्रमण गरी काठमाडौँ फर्किनेमा अधिकांश नेपाली पर्यटकहरु रहेका छन् ।