२०७८ मंसिर ३, शुक्रबार | २०८१ माघ ४ | [email protected]

मुस्ताङ घुम्ने पर्यटक बढे, वाह्य भन्दा आन्तरिक धेरै

२०७८ मंसिर ३, शुक्रबार

मुक्तिनाथ मन्दिर कसरी जाने ? खर्च कति लाग्छ ?

मुस्ताङ घुम्ने पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

कोरोना कहरका कारण दुई वर्षयता सुनसान जस्तै बनेको हिमालपारिको जिल्ला मुस्ताङमा दसैं, तिहार लगत्तै वाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बाक्लै रुपमा देखिन थालेको छ ।

हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको भूबनोटको दृश्यावलोकन गर्न धेरै जसो पर्यटक पुग्ने गर्दछन् ।

एक होटल व्यवसायीका अनुसार पहिले वाह्य पर्यटकहरु मात्र मुस्ताङ घुम्ने आउने गर्दथे तर पछिल्लाे समय नेपालीहरुमा घुमफिर संस्कृतिको विकास हुँदै गएका कारण वाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्या बाक्लै रहेको बताए ।

विगतमा मुक्तिनाथ दर्शनका लागि जाने दर्शनार्थीले होटेल नहुँदा खानेकुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने बाध्यता थियो तर अहिले मुस्ताङका विभिन्न स्थानहरुमा सुविधासम्पन्न होटेल निर्माण हुँदै गएका कारण यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको ति होटल व्यवसायीले बताए ।

मुस्ताङ घुम्न आउने मध्ये कतिपय मुक्तिनाथको दर्शन गरेर मात्रै फर्कन्छन् भने कतिपय उपल्लो मुस्ताङ लोमन्थाङ पुगी नेपाल र चीनबीचको कोरोला नाकासम्म पुगेर फर्कने गर्दछन् ।

मुस्ताङ पुग्नको लागि पोखराबाट स्थल मार्ग हुँदै कुस्मा बेनी पछि पुग्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख