२०७८ मंसिर ३, शुक्रबार | २०८१ फाल्गुन ७ | [email protected]

शुक्रबार चिसो र तुवाँलो दुबै बढ्यो, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

२०७८ मंसिर ३, शुक्रबार

शुक्रबार चिसो र तुवाँलो दुबै बढ्यो, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव नेपालमा शुक्रबार चिसो र तुवाँलो दुबै बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू-भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको जनाएको छ ।

सो प्रणालीको प्रभावले देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक र दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बांकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।

रातीस् देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख