२०७८ मंसिर ९, बिहीबार | २०८१ माघ २९ | [email protected]

पर्यटन कोष सञ्चालन गर्दै काठमाडौं महानगरपालिका

२०७८ मंसिर ९, बिहीबार

पर्यटन कोष सञ्चालन गर्दै काठमाडौं महानगरपालिका

होटेल व्यवसायीहरूले तिरेको करबाट काठमाडौं महानगरपालिकाले पर्यटन प्रवद्र्धन कोष सञ्चालन गर्ने भएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा मंगलबार राष्ट्रिय सभागृहमा बसेको कार्यपालिकाको ७१औँ बैठकले पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि २०७८ स्वीकृत गरेको छ ।

कार्यविधि स्वीकृत भएसंगै पर्यटन प्रवद्र्धन कोष सञ्चालन गर्न बाटो खुलेको छ ।

कार्यपालिकाको ७१औँ बैठकले पर्यटन प्रवद्र्धन कोष सञ्चालनका लागि महानगरका प्रमुखको अध्यक्षतामा महानगरकातर्फबाट ५ जना र होटेल संघ नेपालका ४ जना गरी नौजनाको निर्देशक समिति बन्ने भएको छ ।

कोषमा होटेल व्यवसायीहरूले आर्थिक वर्ष ०७५र७६ मा तिरेको करको ६५ प्रतिशत रकम जम्मा हुने छ । महानगरले कोभिडका कारण होटेल व्यवसायलाई आर्थिक ऐनमार्फत उनीहरूलाई ६५ प्रतिशत कर छुट दिएको थियो  र होटल व्यवसायीले ३५ प्रतिशत मात्र कर बझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख