२०७८ मंसिर १२, आईतवार | २०८१ फाल्गुन ४ | [email protected]

अब केबलकारमा सराङकोट, परीक्षणको तयारीमा पोखराको अन्नपूर्ण केबलकार

२०७८ मंसिर १२, आईतवार

६ सय मै केबलकारमा सराङकोट

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी निर्माण भएको न्नपूर्ण केबलकार केही दिनमा परीक्षण हुने भएको छ ।

कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण हुन लागेको अन्नपूर्ण केबलकारका निर्देशक एवं सञ्चालक तीर्थराज त्रिपाठीले बताए ।

त्रिपाठीले भने यतिबेला केबलकारको यात्रु बोक्ने डिब्बा र टावरहरुको परीक्षण गर्ने काम भईरहेको छ । अंग्रेजी नयाँ वर्षदेखि अनौपचारिक रुपमा केबलकार सञ्चालन गर्छौं । फेब्रुअरीदेखि व्यावसायिक रुपमै केबलकार सञ्चालन हुने गरी तयारी गरेका छौं ।

२.४ किलोमिटरको दूरीमा रहेको केबलकारमा सामान बोक्ने सहित १८ वटा डिब्बा रहेका छन् । प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ । फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिन्छ ।

कम्पनीले फेवातालको किनार सेदीबगरबाट सराङकोट जाने र आउने शुल्क ६ सय रुपैयाँ तोकेको छ । यसमा पनि स्थानीय र विद्यार्थीलगायतका लागि विशेष छुटको समेत व्यवस्था गरेको छ । भने विदेशीहरुलाई १५ देखि २० प्रतिशतसम्म बढी शुल्क लिने छ ।

प्रतिक्रिया

सम्बन्धित ख