करिब चार महिनापछि पर्यटन बोडले ल्यायो ९२ करोड १८ लाख ५६ हजारको बजेट (पूर्णपाठ)
नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७८/ ७९ को लागि ९२ करोड १८ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष सुरु भएको करिब चार महिनापछि बजेट सार्वजनिक गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ ।
बजेटमा बोर्डको चालु खर्चको बजेट तर्फ ६५ करोड ८ लाख ६१ हजार ३ सय र पूँजीगत तर्फ रु २६ करोड १५ लाख ८० हजार गरी बोर्डको कुल खर्च ९१ करोड २४ लाख ४१ हजार ३ सय प्रस्ताव गरिएको छ । स्रोत तर्फ ९२ करोड १८ लाख ५६ हजार प्रक्षेपण गरिएको छ ।
बोर्डले कोभिड पछिको पर्यटनलाई चलायमान गर्ने गरि विभिन्न शिर्षकमा बजेट बिनियोजन गरेको छ । बोर्डले गरेको बजेट विनियोजनमा पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन तर्फ १४ करोड ४१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै जनसम्पर्क तथा प्रचारप्रसार तर्फ ४ करोड ३७ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ । अनुसन्धन, योजना तथा अनुगमन तर्फ ६ करोड ४ लाख, पर्यटन सम्पदा तथा संसाधन विकास तर्फ ७ करोड ३८ लाख ५० हजार, पोखरा क्षेत्रीय कार्यलयका लागि ४ करोड ५० लाख ४० हजार, कार्यकारी समिति तथा कार्यकारी प्रमुखको सचिवालय तर्फ १ करोड १६ लाख, कर्पोरेट सर्भिसेज तथा प्रशाासन तर्फ १८ करोड ६६ लाख ७६ हजार १ सय, प्रादेशिक कार्यालय तथा सूचना केन्द्रहरुको स्थापना तर्फ १ करोड ५० लाख, सेन्टर बिजनेस प्लेटर्फम तर्फ २ करोड, जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना तर्फ ७ करोड ८ लाख, टिम्स खाताको ७० प्रतिशत संचित रकम मध्यबाट गरिने कार्यक्रमतर्फ २१ करोड ६५ लाख ६० हजार, रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बोर्डले चालु आर्थिक वर्षमा २ लाख ५५ हजार विदेशी पर्यटकहरु हवाई मार्ग भई बाहिर प्रस्थान गर्ने प्रक्षेपण गरेको छ ।
पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहाेस्