२०७८ मंसिर १७, शुक्रबार | २०८१ माघ ४ | [email protected]

नेपालमा भारतीय पर्यटक भित्राउन पञ्जावमा नेपाल प्रर्वद्धन गरिने

२०७८ मंसिर १७, शुक्रबार

नेपाल पर्यटन बोर्डले भारतको पञ्जावमा नेपालमा पर्यटन प्रर्वद्धन गर्नका लागि नेपालमा रहको शिख समुदायसँग छलफल गरेको छ ।

बोर्डले नेपालमा पहिलो पटक बस ट्रक भित्र्याएका पञ्जावमका प्रितमसिंह सहित यहाँ रहेका शिख समुदायका अगुवाहरुसँग पञ्जाबमा नेपाल प्रर्वद्धनकालागि छलफल गरेको बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मीले जानकारी दिनुभयो ।

त्यसको लागि समुदायसँगको सहकार्यमा नेपालमा रहेका गुरु नानकमा मन्दिर (गुरुद्धारा) हरुको समेत अध्ययन गरी नेपाल र पञ्जावबीच पर्यटन प्रर्वद्धनको कार्यक्रम तय गरिने उहाँले बताउनु भयो ।

नेपालमा आउने पर्यटक मध्ये सबैभन्दा बढि पर्यटक आउने मुलुक भारत रहेको र त्यसमा पनि औद्योगिक विकासमा अघि बढेको पञ्जावमा नेपालको प्रर्वद्धन गर्न सके सो षेत्रबाट थप पर्यटक ल्याउन सकिने बोर्डले आकंलन छ ।

प्रतिक्रिया

सम्बन्धित ख