
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीको कारण झन्डै दुई वर्ष देखि सुनसान रहेको भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्रहरुमा पर्यटकको चहलपहल बढेको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरका सम्पदा अवलोकन गर्न दैनिक ६० देखि ९० जनासम्म विदेशी पर्यटक घुम्न आउने गरेको पर्यटन सूचना केन्द्रले जनाएको छ । भक्तपुरका सम्पदा वाह्य पर्यटकका लागि प्रमुख आकर्षण मानिन्छन् ।
पर्यटन सूचना केन्द्रका अनुसार भक्तपुर घुम्न आउने विदेशी पर्यटक साउनमा २२८, भदौमा ३८०, असोजमा ९६४ र कात्तिकमा अहिलेसम्म १ हजार ९२३ जना विदेशी पर्यटक घुम्न आएका छन् ।
होटल भने सुनसान
भक्तपुर घुम्न आउने पर्यटक बढे पनि होटल व्यवसाय सुनसान रहेका छन् । भक्तपुर आउने धेरैजसो पर्यटक दिनभरि सम्पदाहरु घुमेर फर्कने हुदा होटल सुनसान बनेका एक होटल व्यवसायीले बताए ।
उनले काठमाडौँ भन्दा पनि भक्तपुरका होटल सस्तो र राम्रा भए पनि पर्यटकले उतै बाट रुम बुक गरेर आएका कारण यहाँका होटलमा पर्यटक नबस्ने गरेको बताए । तर केहि पर्यटक आउने गरेको बताए ।