२०७८ मंसिर १८, शनिबार | २०८१ फाल्गुन ६ | [email protected]

पोखरा सिटि टुर गाइड एसोसिएसनको तेस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा दिनेश गौतम सर्वसम्मत चयन

२०७८ मंसिर १८, शनिबार

 

नयाँ नेतित्व चयन गर्दै पोखरा सिटि टुर गाइड एसोसिएसनको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

रमणीय सुन्दर नगरी पोखरा तथा अन्नपूर्ण क्षेत्रमा गाइडको रूपमा कामगरी देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्त्वपूर्ण भुमिका निभाउने ब्यक्तिहरु सम्मीलित संस्था पोखरा सिटि टुर गाइड एसोसिएसनको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार लेकसाइड, नारेश्वरस्थित होटल पब्लिक च्वाइसको सभाहलमा भएको हो ।

नयाँ कार्यकालका लागि दिनेश गौतमको अध्यक्षतामा ११ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरिएको छ । दोस्रो अधिवेशनबाट प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा सरस्वती थापा ”सासा”, कोषाध्यक्षमा बुद्धिसागर देवकोटा ”रमित”, सहसचिवमा खमान सिंह गुरुङ ”रेशम ” सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै दस्यहरुमा झपेन्द्र बहादुर भुजेल, तुलसी अधिकारी, पुष्पराज पौडेल र प्रेम प्रसाद सुवेदी रहनुभएको छ । भने निवर्तमान अध्यक्ष कृष्ण भारती पदेन कार्यसमिति सदस्य भएको छ।
नवनिर्वाचित अध्यक्ष दिनेश गौतमले

आगामी दिनमा संस्थाको दायरा र क्षेत्र फराकिलो हुनेगरि संस्थाको नाम ” गाइड एसोसिएसन अफ पोखरा ” हुनेगरि नाम परिवर्तन हुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले कोभिडको कारण बेरोजगार हुनपुगेका गाइडहरुलाई सरकारले आबस्यक राहत तथा सहुलियतपूर्ण कर्जाको ब्यबस्था गर्नुपर्ने बताउनुभयो। उहाँले गण्डकी प्रदेशका अर्थमन्त्रीसँगको भेटमा आफुले सो बारेमा कुरा उठाएको र सकारात्मक आश्वासन पाएको कुरा सुनाउँदै गाइडहरु लाई आफ्नो सीप र दक्षता अभिबृद्दी गर्न, हरेक सूचना तथा नयाँ परिवर्तनहरुमा अध्याबधिक रहन समेत सुझाव दिनुभयो।

कार्यक्रममा पोखरा पर्यटन परिषद आवद्ध संघ संस्थाका अध्यक्षहरुले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।

अध्यक्ष कृष्ण भारतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचीव आनन्द गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष दिनेश गौतमले राख्नुभएको थियो। संस्थालाई विभिन्न समयमा सुझाव, सल्लाह र सहयोग पुर्याउने विभिन्न महानुभावहरु लाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख