सोलुखुम्बुको खुम्बुमा नेपाली मुलका एक अमेरिकी नागरिकको निधन भएको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ फाक्दिङ स्थित टेक्स होटलमा बास बसेका ६१ बर्षीय विन्देश्वर पक्षपतीको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
साझको समयमा आगो ताप्दै गरेका पक्षपती एक्कसी ढलेका थिए । ढलेको केही समयमै उनको ज्यान गएको बताइएको छ ।
मृतकको शव पोष्ट मार्टमका लागि हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याईएको छ। मृत्युको कारण पोष्ट मार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।