नेपाल घुम्न आउने विदेशी पर्यटकहरुले सन् २०२२ को जनवरी १ देखि ५ हजार डलरको कोभिड बिमा अनिवार्य गर्नुपर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात महाशाखाले नेपाल घुम्न आउने विदेशी पर्यटकहरुले ५ हजार डलरको बिमा गर्नु पर्ने सकुर्लर जारी गरेको छ।
महाशाखाले जारी गरेको सर्कुलरमा कोभिड १९ को भेरियन्ट देखा परिरहेको परिवेशलाई मध्यनजर गर्दै नेपाल प्रस्थान गर्ने सबै उमेर समूहका पर्यटकले अनिवार्य रुपमा ५ हजार डलर बराबरको कोभिड बिमा गर्नु पर्ने उल्लेख छ।
बिमाको पोलिसी भने नेपाली कम्पनीसँगै खरिद गर्नुपर्ने छ। यसबाहेक १४ दिनको क्वारेन्टाइन शुल्क पनि पर्यटकलाई अनिवार्य गरिएको छ।